You are viewing the translated version of पूर्वस्वीकृति दिन सकिने.

Rule 6
पूर्वस्वीकृति दिन सकिने
(१) कसैले जीवनाशक विषादीको अनुसन्धान गर्न चाहेमा अनुसन्धान गर्ने निकायको सिफारिससहित अनुसन्धानको विषय, उद्देश्य र पैठारी गर्नु पर्ने जीवनाशक विषादीको परिमाण खुलाई पूर्वस्वीकृतिको लागि केन्द्रमा निवेदन दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिमको निवेदन उपर आवश्यक जाँचबुझ गर्दा अनुसन्धानको लागि जीवनाशक बिषादी पैठारी गर्न दिन उपयुक्त देखेमा केन्द्रले त्यस्तो जीवनाशक विषादीको मात्रा तोकी ऐनको दफा ४ को उपदफा (२) बमोजिम पैठारीका लागि पूर्वस्वीकृति दिन सक्नेछ।

(३) उपनियम (२) बमोजिम पूर्वस्वीकृति प्राप्त अनुसन्धानकर्ताले जीवनाशक विषादीको अनुसन्धान गरेको प्रतिवेदन केन्द्र समक्ष पठाउनु पर्नेछ।

(४) जीवनाशक विषादीको अनुसन्धानकर्ताको प्रतिवेदन, अनुसन्धानको नतिजा र विकसित प्रविधिको गोपनीयता कायम गर्न सम्बन्धित अनुसन्धानकर्ताको अनुरोधमा अनुसन्धानको परिणाम सम्बन्धी सूचना गोप्य राखिनेछ।